घोडाघोडी। २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक तथा साझेदारी वन नीतिगत अन्योलमा परेका छन् । हाल वन क्षेत्रमा ढलापडा रूख सङ्कलनबाहेक वन संवर्द्धनसम्बन्धी अन्य काम हुन सकेको छैन । यसले रोजगारी, वन संरक्षण र व्यवस्थापनमा असर परेको बताइएको छ । वन उपभोक्ता समूह र साझेदारी वन दुवै प्रभावित भएका छन्…