मुस्ताङ । भारी हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । बुधबार बिहानदेखि कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएकाले दर्शनार्थीहरू कागबेनीमै रोकिएका छन्। वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार, सडक अवरुद्ध भएकाले कतिपय भक्तजन घोडा चढेर मात्र मन्दिर पुग्ने प्रयासमा छन्। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले भने, “हिमपातअघि दैनिक ५०० भन्दा बढी पर्यटक आउँथे, अहिले…