काठमाडौँ । दक्षिण कोरियाली कम्पनी हुन्डाई ग्रुपको सहायक कम्पनी हुन्डाई मोबिसले जर्मन अप्टिकल जायन्ट जेइससँग ‘होलोग्राफिक विन्डशिल्ड डिस्प्ले’ विकास गर्नका लागि साझेदारी गरेको छ । दुवै कम्पनीले हेड–अप डिस्प्ले (एचयूडी) को विस्तृत रूपलाई पुरै फ्रन्ट विन्डशिल्डका रूपमा विकास गरेको बताएका छन् । यस प्रकारको प्रविधिले हाल कारमा उपलब्ध हुने ड्यासबोर्डको स्क्रिन सबै हटाउने र यसको…