आइएमई लिमिटेडले आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । 'निरन्तर सहयात्रा विश्वासको'भन्ने मूल नाराका साथ शनिबार बिहान आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो । डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा…