जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ। कोभिड-१९ महामारीको चपेटामा परेको आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजनाको निर्माण ०८० असोजभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ। नयाँ वर्ष मनाउन ०७६ माघको दोस्रो साता आफ्नो घर…