खोटाङ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका हुन् ।खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिकरूपमा कृषि पेशा अपनाउँदै आएका उनले…