काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका लागि पूर्वअध्यक्षहरुसँग छलफल गर्ने भएको छ । महासंघको आसन्न ५४ औं साधारणसभा तथा निर्वाचन मिति नजिकिदै गर्दा अध्यक्ष भवानी राणाले पूर्वअध्यक्षहरुसँग छलफल गर्न बैठक डाकेकी हुन् । अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा पहिलो पटक पूर्वअध्यक्षसहितको बैठक डाकेकी हुन् । पूर्वअध्यक्षहरुलाई बैठकमा डाक्न नहुने अडान राखे पनि कोरोना भाइरसका कारण…