विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन् । उनले यस्तो बेला नेपालका विश्वविद्यालयहरू भने आर्थिक र भौतिक अभाव झेलिरहेकोबारे समेत आफू जानकार रहेको बताए । राजर्षिजनक विश्वविद्यालयको ७ औँ सभामा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक अवस्थामा सुधार आउने बित्तिकै विश्वविद्यालयहरूको पूर्वाधार सुधारका लागि प्राथमिकताका साथ खर्च गरिने बताए ।…

Logo