जाजरकोट ।भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा छिन् । उनलाई अहिले कहिल्यै घर नछोडेकी छोरी सर्वणालाई दल्लीमा बसाई र अपरिचित ठाउँमा कसरी परीक्षा दिलाउने भन्ने चिन्ताले सताएको छ । खत्रीको घर नजिकै त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र भए पनि सो…