काठमाडाैं । द ब्रिटिस कलेज अन्तर्गतको दुबईस्थित द वुलविच इन्स्टिच्युट (टिडब्लुआई)ले प्रदान गर्ने प्रतिष्ठित इन्टर्नसिप कार्यक्रम पछिल्लो समय विवादको घेरामा परेको छ । स्थापना कालदेखि नै विद्यार्थीहरूको वृत्तिविकास र रोजगारीका लागि कोशेढुङ्गा सावित हुँदै आएको यस कार्यक्रममाथि लगाइएका केही आरोपहरूले कलेज प्रशासनलाई समेत चकित तुल्याएको छ । विशेषगरी हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमअन्तर्गत ब्रिटिस कलेजले आफ्नो साझेदार…