यस वर्ष ५ लाख भन्दा बढिले एसइई दिँदै, छात्राभन्दा छात्रको संख्या बढी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही शुक्रबारबाट शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । …

Logo