काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ । यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । यसैबीच, प्रि-टिजरले समाचार तयार पार्दासम्म…