अभिनेत्री निता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ । सामाजिक सञ्जालमार्फत उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै छायाङ्कन सकिएको जानकारी दिएकी हुन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन दुई चरणमा भएको थियो । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ । …