चलचित्र सेन्सर बोर्डले फिल्म परस्त्रीलाई प्रदर्शन अनुमति दिएको छ। यसअघि चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । सो दृश्य हटाउन निर्देशन दिइएको थियाे । त्यसपछि फिल्मका ६ वटा सिन परिमार्जन गर्दै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको फिल्मका निर्माता दिपेन्द्र के खनालले जानकारी दिए । …