गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ। हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल…