बाँके । भेरी अस्पतालमा गरिएको सिफलिस (भिरिङ्गी) सम्बन्धी अनुसन्धानका क्रममा पछिल्ला तीन महिनामा १८७ जना नयाँ संक्रमित बिरामी भेटिएका छन्। अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँका अनुसार पहिचान भएका बिरामीमध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन्। केही बालबालिकादेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत संक्रमण देखिएको उनले जानकारी दिनुभयो। अस्पतालले सिफलिसको परीक्षण,…