भनिन्छ, नठोसी अगुल्टो बल्दैन, तसर्थ जुनसुकै सम्बन्धमा पनि बेलाबेलामा सामान्य ठाकठुक हुनुलाई नराम्रो मान्न सकिँदैन । तर जब सामान्य ठाकठुक ठूलो घटनाको कारक बन्दछ, त्यतिबेला लोग्नेस्वास्नीको झगडा परालको आगो नबनेर भुसको आगो बनिसकेको हुन्छ । यस्तो अवस्थाले दाम्पत्य जीवन नै टुङ्ग्याइदिन सक्छ । तसर्थ कुन तहसम्म विवाद गर्ने र यसका कारण के हुनसक्छन् भन्ने विषयमा…