पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौं परियोजनाहरु सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल संस्था “सेन्टर अफ एक्सिलेन्स” को रुपमा परिचित छ ।अस्पतालको वेभसाइटमा गर्वका साथ भनिएको छः “हामी ध्यानपूर्वक सुन्दछौं । हामी तपाइँको सेवामा छौं ।” वेबसाइटमा मुस्कुराइरहेका चिकित्सकहरु, खोप अभियान र पुरस्कार वितरण…