बर्षाको मौसममा कोही चाहेर र कोही नचाहेर पनि भिज्छन् । मस्ति गर्ने बहानामा आजकाल धेरै युवापुस्ताहरु बर्षाको पानीमा भिजेर रमाउने चलन बढेको छ । बर्षाको पानीमा भिज्दा जति मज्जा आउछ त्यत्तिनै अप्ठ्यारो भनेको फ्लुको संक्रमण हुनु पनि हो । कसैकसैको प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बढी भएको कारण उनीहरुलाई बर्षाको पानीमा भिज्दा पनि फ्लुको आक्रमण हुदैंन…