काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह र वरिष्ठ सङ्गीतकार शीलाबहादुर मोक्तान सम्मानित भएका छन् । शनिबार कुपण्डोलमा आयोजित एक विशेष समारोहका बीच भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ र ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ को संयुक्त प्रस्तुतिमा हरेक वर्ष प्रदान गरिने सम्मान यस वर्ष शाह र मोक्तानलाई प्रदान गरिएको हो ।…