साहित्यिक पत्रकार सङ्घको आयोजनामा शनिबार भएको एक विशेष कार्यक्रममा मीरा गोतामेको उपन्यास नितीको लोकार्पण भयो। कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो। स्रष्टा मीरा गोतामेको यो पहिलो कृति हो।…