दैलेखको डुंगेश्वर गाउँपालिका–३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुण्ड्याएर मारिन् लगतै उनले छोरीसहित घर नजिकैको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन् । तर कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरी आमाको हातबाट फुत्किएर ज्यान बचाउन सफल भइन्…