रुकुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम सहज र स्वाभाविक नभएको बताएका छन् । बिहीबार रुकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँका पत्रकारहरूसँग भने—'हामीले सम्पन्न निर्वाचनको निकै गम्भीर ढंगले समीक्षा गरेका छौँ । हाम्रो निष्कर्षमा यो निर्वाचन सामान्य र स्वाभाविक रहेन, बरु केही हदसम्म असामान्य र अस्वाभाविक देखियो…