बनियानी(झापा)। जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए। यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए। गाउँपालिकाले कक्षा…