काठमाडाैं। ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको केन्द्रीय चिडियाखानालाई इलेक्ट्रिक गोल्फ कार्ट हस्तान्तरण गरेको छ। विद्युतीय गल्फ कार्ट हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानालाई राम्रो बनाउनु आफ्नो कर्तव्य भएको भन्दै त्यो कर्तव्य निर्वाह गर्न महानगरपालिका कहिले पछि नसर्ने बताए। उनले भने,‘यो गोल्फ कार्ट हस्तान्तरण पश्चात मैले बोलेको सबै कुराहरु पूरा भएको छ। चिडियाखानालाई राम्रो बनाउनु…