काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको हुन सक्ने विषयमा अनुसन्धानका लागि सहयोग गर्न स्वीट्जरल्यान्डसँग औपचारिक आग्रह गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युलीसँग भएको शिष्टाचार भेटमा गृहमन्त्री गुरुङले उक्त विषय उठाएका हुन्। उनले शङ्कास्पद वित्तीय निक्षेपबारे सत्यतथ्य पत्ता लगाउन र अनुसन्धानमा नेपाल सरकारलाई…