काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अन्तर्गतको सिनेटले पार्टी संरचनाबाट अलग रहने भन्दै गरेको निर्णयलाई अस्वीकार्य ठहर गर्दै त्यसले अनुशासनसम्बन्धी कारवाही निम्त्याउन सक्ने चेतावनी दिएको छ। सानेपामा जारी केन्द्रीय समिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले पार्टी विधानले व्यवस्था गरेका निकायले आफूलाई अलग घोषणा गर्नु राजनीतिक र कानुनी दृष्टिले उचित नहुने…