काठमाडौँ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देशमा पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धिदर ९.५ प्रतिशत मात्र थियो। फागुन महिनामा मात्र १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स…