काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँसबारीस्थित…