काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा एमालेको जित आवश्यक रहेको बताए। उनले निर्वाचन बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिको विरोध गरे। एमालेको झण्डा जलाउने जस्ता कार्यलाई लोकतान्त्रिक प्रक्रियाविरुद्धको…