काठमाडौं । काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् । प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरी…