जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको थियो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको कोखबाट माहिँला सन्तानको रूपमा उनको जन्म भएको थियो। मदन भण्डारीले प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गरेका थिए। मदन भण्डारी तृष्ण बुद्धिका धनी थिए। त्यसैले त अप्ठेरा पाठहरू पनि दुईपटक पढेपछि सधैँका लागि कण्ठ गर्न…