नेपालगन्जको तापक्रम दिनहुँ उकालो लागिरहेको छ। यहाँको उखरमाउलो गर्मीका बाबजुद मानिसहरु कोरोना संक्रमणबाट जोगिन भन्दै जडीबुटीसहित ताताोपानी पिइरहेका छन्। बाह्य मौसमको तापक्रम बढ्दै गइरहेका बेला निषेधाज्ञामा घरभित्र बसेका नेपालगन्जवासी तातोपानी पिउँदै तङ्ग्रिन खोजेका त छन्, तर बाँके कोरोनाबाट फत्रक्कै गलेको छ। नेपालगन्ज उपमहानगरपालिका–३ सुनारमण्डीमा कोरोनाबाट ४१ वर्षीय जहिर अहमद, ४८ वर्षीय इम्तियाज अमहद, ४६ वर्षीय…