काठमाडौँमहानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले शनिबार बिहान रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २२३३ नं.को बस जाँच गर्ने क्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ गरेको छ ।रौतहट राजदेवी नगरपालिका– ७ घर भएका यादवलाई आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी…