काठमाडौंबालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन् । सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७ जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन् ।देशैभरिका सामुदायिक रेडियोको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अको-याबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले प्रतिबद्धता संकलन लगायत सञ्चार अभियान सुरु गरेको हो । अभियान ४ महिनासम्म चल्नेछ ।अभियानमा संघीय सरकारका मन्त्री, सातै…