काठमाडौँपश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको…