बागमती । मकवानपुरका स्थानीय तहहरूले करसम्बन्धी सेवा पालिकाबाटै उपलब्ध गराउन सुरु गरेका छन् । प्रशासनिक सङ्घीयता कार्यान्वयनअन्तर्गत सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै दिने नीतिअनुसार आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा करदाता सेवा सञ्चालन गरिएको हो । बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा सेवाग्राहीलाई व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गरिएको छ…