काठमाडौँराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ । १२ र २९ वैशाख ०७२ मा गएको भूकम्पका कारण जोखिममा परेका बस्तीहरूको गृह मन्त्रालयले सर्वेक्षण गरी अन्तिम प्रतिवेदन उपलब्ध गराएपछि प्राधिकरणले स्थानान्तरण प्रक्रिया सुरु गरेको हो । गृहले दोलखाका २३ बस्तीको सर्वेक्षण गरे पनि भीमेश्वर नगरपालिका–१ स्थित सुस्पा क्षमावतीको बोसिम्पा र…