गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो ।महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं…