चितवननारायणगढ–मुग्लिङ सडकखण्ड गए राती देखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा…