म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिए । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा रु २८ लाख उपलब्ध गराएको विद्युतीकरण योजनाका…