काठमाडौंसंघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । पार्टी सचिव तथा बाँके–२ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईले सरकारमा कसलाई लैजाने भन्ने अध्यक्ष आफैंले टुंगो लगाउने बताए । ‘यो जिम्मेबारी पहिले नै दिइएको हो’, राईले भने– ‘जहिले पनि सरकारमा जाने बाटो खुलेको…