धनगढीहोटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले आइतबार अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दश लाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ ।होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका ५०० र दुई हजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले साथी होटेलका व्यवस्थापक सुजन दाहाललाई सोधपुछका लागि…