रसुवानेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन् । जिल्लामा रहेका जलविद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासोको आधारमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरक्षक धुर्व सिलवालले बताए । ३० वर्षिय तामाङ जिल्लाको आमाछोदिङमो गाउँपालिका–४ गोल्जुङमा बस्दै आएका छन्…