गोरखा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती आगामी असोजमा हस्तान्तरण हुने भएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन बस्ती असोज सम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको एनआरएनए अन्तर्गतको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । “अहिले मौसमले पनि साथ दिएको छ, निर्माण कार्यले पनि तिब्रता पाएको छ ।…