लुम्बिनीजन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनु पर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको…