चितवन,नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्याँस बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ ।भारतबाट काठमाडौँ जाँदै गरेको एच आर ३ एच आर ९७७० नं को ग्याँस बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी…