काठमाडौँनष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनु पर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्रबैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर गभर्नर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।गत १५ साउनमा धुल्याउन (नोट नष्ट गर्न) टेबलमा मिलाएर…