काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले आफ्नो हालै…