वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर अभियान शुरु गरेका छन् । सरसफाइ वर्ष घोषणा हुनुपर्नेमा सहमति जनाउँदै पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्व मन्त्री हिसिला…